प्रदेश

कोरोनाले रोकिएका विद्यार्थी चीन पठाइने




काठमाडौं, २० जेठ। सरकारले कोरोनाका कारण चीन जान नपाएका विद्यार्थीलाई चीन पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि कोभिड–१९ का कारण स्वदेश फर्किएका विद्यार्थी लकडाउनले गर्दा चीन जान पाएका थिएनन् ।

सरकारले सन् २०२० मै नेपाल आएका दुई सय ८१ विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउने प्रक्रिया सुरु गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. कमल पोखरेलले बताउनुभयो । मन्त्रालयले यसअघिनै स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई उनीहरुको अध्ययनमा निरन्तरता दिन भिसा प्रक्रियाका लागि समेत निवेदन दिन भनेको थियो ।

सरकारले निवेदनकै आधारमा स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई चीन पठाउने छ । सरकारको निर्णयले दुई बर्षदेखि रोकिएका विद्यार्थीलाई राहत मिलेको छ । चीनको वुहानमा कोभिड–१९ सुरु भएपछि नेपाल सरकारले पहिलो चरणमा एक सय ७५ नेपाली विद्यार्थीलाई उद्दार गरी नेपाल आएको थियो । त्यतिवेला नेपाल ल्याईएका विद्यार्थीलाई भक्तपुरको खरीपार्टीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६