खोज–अनुसन्धान

विराटनगरमा कांग्रेस – जसपा गठबन्धन एमालेसंग पराजित




विराटनगर २१ जेठ । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाको गठबन्धन पराजित भएको छ। यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उम्मेदवारहरू कार्यपालिकामा निर्वाचित भएका छन्। कांग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषद्मा बहुमतमा रहेको कांग्रेस निर्वाचनमा पराजित भएको छ। यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढिगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै कांग्रेस उम्मेदवारहरू पराजित भएका थिए।
महानगरको नगर परिषद्मा एमालेसँग उपमेयरसहित ४३ जना जनप्रतिनिधि हुँदा काँग्रेससँग मेयरसहित ४० जना थिए। जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र ३ र राप्रपाका १ जना थिए। शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो। तर जसपा र कांग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा कांग्रेस र जसपा कार्यपालिकामा निर्वाचित हुन विफल भएका हुन्। कांग्रेसका धेरै उम्मेदवारले आफ्नै दलका सबैको मत नपाएको देखिएको छ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकमा एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकासकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छ्न्। अल्पसंख्यकमा कांग्रेसका प्रेम राठी ४०, जसपाका बबितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाएर पराजित बने। महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन्। एमालेका सन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन्। कांग्रेसका पराजित उम्मेदवारहरू अन्जु दाहाल गौतमले ४०, गायत्री थापा ३९,
रूपा देउजा ४०, विनितासिंह ठकुरी ४० र सुर्यादेवी साहले ४० मत मात्रै पाएका थिए। विराटनगरमा गठबन्धन उम्मेदवारलाई चुनाव अघि मात्रै जसपा त्यागेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले सघाएका थिए। यादवकै पहलमा जसपाका धेरैले एमालेलाई मत दिएको देखिएको छ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६