खोज–अनुसन्धान

गठबन्धनको घेरा तोड्दा अलिकति घाइते भयौ :योगेश



ताप्लेजुङ २२जेठ । । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव एवं संघीय सांसद योगेश भट्टराईले स्थानीय तह निर्वाचनमा गठबन्धनको घेरा तोड्दा अलिकति घाइते हुनुपरेको बताएका छन्। गृह जिल्ला ताप्लेजुङमानिर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटा सिपाही सामान्य घाइते हुँदा उसको युद्ध नसकिने र अझ रणनीतिक कौशलताका साथ अगाडि बढ्नुपर्ने बताए ।
जनपक्षीय उम्मेदवारलाई जिताउन २०४३ को निर्वाचनदेखि प्रजातन्त्र प्राप्तिपछिका हरेक निर्वाचनलाई मूल्यांकन गर्दा यो पटक पार्टीमा सबैभन्दा बढी अन्तरघात भएको आफूले पाएको पनि उनले बताएका छन् ।
पार्टीमा बसेर अन्तर्घात गर्नु गैरजिम्मेवार कार्य भएको भन्दै उनले यसको पृष्ठभूमिदेखि नै गएर समीक्षा गर्नुपर्ने पनि बताए । उनले भने, ‘मैले ४३ सालदेखिको निर्वाचन नजिकबाट देखे भोगेको छु । नेकपा एमालेभित्र पहिलो पटक अन्तरघात भन्छन् हो त्यस्तो यत्ति ठूलो देखिएको छ, यसको गम्भीर समीक्षा गर्नुपर्छ ।’ उम्मेदवार छनौटदेखि नै कमजोरी भयो कि, किन भयो भनेर समीक्षा गर्नुपर्ने उनले बताए ।माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै भट्टराईले एमाले दुईरचार सिट जितेर च्याँखे थाप्ने पार्टी नभएको दाबी गर्दै कार्यकर्तालाई इखालु भएर लाग्न निर्देशन दिएका छन् । ‘इख नभएको मान्छे र बिख नभएको सर्प काम दिँदैन भन्छन्,’ भट्टराईले भने, ‘हामीसँग प्रतिरोधी क्षमता हुनुपर्छ र अलिकति इखालु बन्नु पर्छ ।’

दोस्रो आवधिक निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई अब सिक्दैछौं भन्ने छुट नभएकाले काम गरेर देखाउन आग्रह गरे । उनले उपभोत्ता समिति सबैभन्दा धेरै विवादमा परेका र त्यसमा जनप्रतिनिधि जोडिएकाले ठेक्का प्रक्रियामा जान पनि जनप्रतिनिधलाई निर्देशन दिए ।

प्रत्येक जनप्रतिनिधि वा पार्टीका पराजित उम्मेदवारलाई दुई हप्तामा एक पटक त्यो सम्भव नभए महिनामा एक पटक जनताका घरदैलोमा अनिवार्य पुग्न पनि निर्देशन दिए । कहिल्यै संगठन र प्रशिक्षण नगर्ने काग्रेस संगठन र प्रशिक्षणमा लागेकाले तर सिकाउने एमाले कार्यकर्ताले त्यसलाई गति दिन नसकेको उनको गुनासो थियो ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६