खोज–अनुसन्धान

नेकपा एस बिभाजन निश्चित देखेपछि मन्त्रीमण्डल हृेरफेर रोक्न माधव वाध्य




काठमाण्डौ२४ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी बिभाजनको संकटबाट हाललाई उम्केको टरेको छ।पार्टीले मन्त्री फिर्ता गर्ने र मन्त्रीहरुले फिर्ता हुन नमान्ने किचलोका बिच बिभाजनको अवस्थामा पुगेको नेकपा एकिकृत समाजबादी सत्ता गठबन्धनको निर्णयले बिभाजन हुन बाट बचाएको हो।आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो।उक्त निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट मन्त्रीमा सिफारिस भएका चार जनाको नाम पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएका थिए।तर एकिकृत समाजबादीले पठाएका नाम मध्ये पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले र श्रममन्त्री किसान श्रेष्ठलाई हटाउने कुरामा प्रधानमन्त्री अनच्छिुक थिए।आफुहरु संग सल्लाह नगरी सरकारबाट फिर्ता गराईएको भन्दै असन्तुष्ट मन्त्रीद्धय आले र श्रेष्ठले सरकार छोडनु परे पार्टी बिभाजन गरेरै भएपनि सरकारमा बस्ने योजना बनाएको समाचार बाहिरीएपछि एसको बिभाजन रोक्न सत्तागठबन्धनको बैठक बसेर हाललाई मन्त्रीहरु हेरफेर नगर्ने निर्णय भएको थियो।
अध्यक्ष नेपालले सोमवार नया मन्त्रीहरुलाई सपथ ग्रहण गराउने सोंचमा थिए तर केपी ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा गठबन्धन सरकार बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका ति दुई मन्त्री फिर्ता हुने छाटकाट नदेखेपछि बैकल्पिक उपाएको खोजीमा सत्तागठबन्धनका नेताहरुको बैठक डाकेर उक्त निर्णय गरीएको बालुवाटार श्रोतले बताएको छ।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टीले सिफारिश गरेबमोजिम मन्त्रीहरु हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएका थिए।तर सत्तागठबन्धनले त्यो चेतावनी तुहाई दियो।सोमबार बिहानै नेकपा एकीकृत समाजवादीका चार जना मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आलेमगर र किसान श्रेष्ठले प्रधानमन्त्री देउवासँग भेट गरी मन्त्रीबाट हटाएको विषयमा गुनासो गरेका थिए।त्यस लगत्तै प्रधानमन्त्री देउवाले मन्त्रालयमा फर्केर काम गर्न निर्देशन दिएका थिए।बिशेष गरी सरकार गठन देखिनै पर्यटन मन्त्री प्रेम बहादुर आले र श्रममन्त्री किसान श्रेष्ठलाई प्रधानमन्त्री देउवाले काखी च्याप्दै आएका थिए। भने उनीहरुलाई कुनै हालतमा नहटाउन प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको समेत लविङ थियो। पार्टीले हटाउने निर्णय गरेका मन्त्रीहरु बालुवाटार पुगेर आफुहरु पार्टीमा बिद्रोहको तयारीमा रहेको भन्दै आफूहरुलाई तत्काल नहटाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए।मन्त्री प्रेम आले र किसान श्रेष्ठले आफुहरुसंग पार्टीको संसदीय दल र केन्द्रीय समितिमा समेत पार्टी बिभाजनका लागि आबश्यक रहेको बताउन थालेपछि फिर्ता हुन तयार भएका मन्त्रीहरु समेत अव सरकार नछाड्ने मनस्थितिमा पुगेका थिए।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६