अर्थ-वाणिज्य

भन्सार छलेको आरोपमा ९ करोड बिगो राखेर ४ जनालाई मुद्दा




रुपन्देही ३१ जेठ । भारतबाट भन्सार छलेर सामान ल्याइ सरकारलाई बुझाउनुपर्ने कर छलेको आरोपमा चार जनाविरुद्ध नौ करोड रुपैयाँ बिगो माग राखेर मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले अर्घाखाँचीको छत्रदेव घर भइ बुटवल बस्ने नसिपदिन मियाँ, पाल्पा घर भइ बुटवलको मालिका ढुवानी सेवामा कार्यरत शंकरप्रसाद आचार्य, मनकामना सप्लायर्सका रेखा जैसवाल र भारतको गान्धीनगरका आशिष सिंहविरुद्ध नौ करोड २१ लाख रुपैयाँ बिगो माग राखेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
उनीहरूले मिलेमतो गरेर भारतबाट भन्सार चोरी पैठारी गरी मालवस्तु नेपाल ल्याएर काठमाण्डौ लगायतका सहरमा बिक्री गरेको र सरकारलाई बुझाउनुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर नतिरेको विभागले जनाएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६