प्रदेश

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



दाङ, ०३ असार । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर चौधरीको ज्यान गएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६