प्रदेश

निवर्तमान र वर्तमान जनप्रतिनिधि बीच यस्तो भयो सहमति




कपिलवस्तु ३ असार। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई गरिएको छ । वडा कार्यालयले सम्पादन गरेका विकास निर्माण लगायत समग्र गतिविधि प्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ संंस्था तथा वडावासीका प्रतिक्रिया तथा जिज्ञासाहरु टिपोट गरि जवाफ माग्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । वडा कार्यालयको आयोजना तथा हर्ट विट एफ.एमको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।आफ्नो ५ बर्षे कार्यकालमा वडा कार्यालयले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, महिला, वालवालिका तथा ज्येष्ठ नागरिक, भौतिक विकास लगायतका क्षेत्रमा गरेका विभिन्न कार्यहरुको बारेमा निवर्तमान वडाध्यक्ष भिष्मराज भुसालले जानकारी गराउनुभएको थियो ।

निवर्तमान वडाध्यक्ष भुसालले ५ बर्षको अवधिमा शैक्षिक गुणस्तरमा सुधार भएको, विद्यालयका भवन निर्माण भएको, खानेपानीको अवस्था सुध्रिएको, कृषि क्षेत्र सुधारोन्मुख देखिएको लगायतका विभिन्न कार्यहरु गरिएको बताउनसभयो ।साथै विभिन्न जिज्ञासाहरुको जवाफ दिंदै वडाध्यक्षको जिम्मेवारी मात्र हस्तान्त्रण गरेकोले समाजसेवाको जिम्मेवारी कहिले नसकिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । भुसालले समृद्ध वडाका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सदैव साथ र सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष दुनिका प्रसाद भुसालले अघिल्लो पटक निर्वाचित जनप्रतिनिहिरुले सुरु गरेका महत्वपुर्ण योजनाको काम सम्पन्न गर्ने र नयाँ योजना पनि थप गर्ने योजनाका साथ काम सुरु गरेको बताउनुभयो ।वडाध्यक्ष भुसालले वडाका राजनीतिक दल, शिक्षाविद, व्यवसायी, कृषक, महिला, वालवालिका लगायत सबैसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै सबैको साथ र समन्वयको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६