प्रदेश

अमेरिका भ्रमण र एसपीपीबारे संसदीय समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्दै



काठमाण्डौ, ०५ असार । अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिमा जवाफ दिनुहुने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाएको हो ।

समितिको बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने एजेण्डा छ । देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको समितिले जनाएको छ ।

समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवम् असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । यसअघि अस्ति शुक्रवार समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका विषयमा उठेका प्रश्नको जवाफ मागेको थियो ।

जवाफमा परराष्ट्रमन्त्री खड्का र प्रधान सेनापति शर्माले एसपीपी नेपालको हितमा नरहेकाले यसमा कुनै सम्झौता नहुने बताउनु भएको थियो ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६