अर्थ-वाणिज्य

मन्त्री फेर्न देउवा सहमत : नयाँ मन्त्रीको शुक्रवार सपथ




काठमाडौं ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गर्न सहमत भएका छन् । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादीले तर्फबाट सहभागी हुने नयाँ मन्त्रीको सूची २० दिन अघि नै प्रधानमन्त्री देउवालाई बुझाएको थियो । तर समाजवादीका केही मन्त्रीहरुको दबाबले तीन सातासम्म यो कार्यान्वयन भएको थिएन ।यही कारणले सत्तागठबन्धनमा नै समस्या भएपछि प्रधानमन्त्री देउवा क्याबिनेट हेरफेरका लागि तयार भएका हुन् । समाजवादीले गत जेठ २२ गते सरकारमा रहेका आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो । सोही दिन दिउँसो अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएका थिए । तर, पार्टीको आन्तरिक सहमतिका आधारमा ६ महिना कार्यकाल पुरा गरेका चार मन्त्रीलाई फिर्ता बोलाएर अर्को टीम पठाउने निर्णय लामो समयसम्म कार्यान्वयन नभएकोप्रति समाजवादीका नेताहरु प्रधानमन्त्रीसँग असन्तुष्ट थिए ।
मन्त्री हेरफेरमा प्रधानमन्त्रीले ढिलाइ गरेको भन्दै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसहितका केही नेताले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन् । एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्यमन्त्री तथा हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
स्रोतका अनुसार हिजो समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीको निर्णयअनुसार तत्काल मन्त्री हेरफेर नभए सरकारबाट बाहिरिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले विहिबार शपथ गराउने वचन दिएका थिए । प्रधानमन्त्री देउवालाई तत्काल आफ्नो पार्टीको सिफारिस कार्यान्वयन गर्ने या सहकार्य तोड्ने एउटा विकल्प रोज्न भनेपछि प्रधानमन्त्री देउवा नयाँ मन्त्रीहरुलाई शुक्रबार सपथ गराउन तयार भएको समाजवादीका एक नेताले बताए ।
बिदा हुने मन्त्रीहरुको शर्त ;
यसैबीच समाजवादीका मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेर गुनासो राखेका छन् । बुधबार साँझ भएको छलफलमा मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वनयन गर्न तयार भएपनि नयाँ मन्त्री चयनलगायतका विषयमा असहमति जनाएका हुन् ।स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले अध्यक्ष नेपाललाई भेटेर संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको गुनसो गरेका हुन् ।सरकारमा आफूहरूको पर्फमेन्स अरु दलको भन्दा उत्कृष्ट भएको जिकिर गर्दै उनीहरूले मन्त्री फेर्ने हल्ला चलाएर कर्मचारीसामु निरीह बनाउनु पार्टी नेतृत्वको गल्ती भएको भन्दै आलोचना समेत गरे ।

प्रकाशित : ९ असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६