खोज–अनुसन्धान

मन्त्री चौधरीले तोकिदिए निर्वाचनको मिति



दाङ १८असार। सहरी विकासमन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसँग मन्त्री चौधरीले आउँदो मंसिरमा निर्वाचन गर्नेगरी छलफल भैरहेको बताउनुभयो ।निर्वाचनबारे दलहरुवीच सहमति भए पनि सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने उहाँले बताउनुभयो । मङ्सिरको २१ गतेलाई आधार मानेर वरिपरिको मितिमा निर्वाचन घोषणा हुनसक्ने उहाँले बताउनुभयो । मन्त्री चौधरीले संवैधानिक व्यवस्थाअनुसार समयमै निर्वाचन गराउने बताउनुभयो ।
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्दै मन्त्री चौधरीले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताउनुभयो । एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनुभएका मन्त्री चौधरीलाई लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसले कार्यक्रमको आयोजना गरेर स्वागत सम्मान गरेको छ ।मन्त्री चौधरीले शैक्षिक क्षेत्रको गुणात्मक विकास हुन आवश्यक रहेको बताउनुभयो । अहिले उच्च शिक्षासम्म अध्ययन गरेपनि विद्यार्थी बेरोजगार बन्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनेगरी शिक्षाक्षेत्रको विकास हुनु आवश्यक रहेको बताउनुभयो

प्रकाशित : १८ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६