भैरहवा २२ असार । कोभिडको मारमा नेपालको पर्यटन क्षेत्र परेको छ । त्यस मध्ये पनि सबै भन्दा बढी प्रभावित लुम्बिनी भएको छ । यसको प्रत्यक्ष असर लुम्बिनीको आन्तरिक आयमा परेको छ ।लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिकामा पहिलेको तुलनामा एक चौथाईले रकम घटेको छ । आईतबार देखी गणना सुरु गरिएको दानपेटिकामा मंगलबार सम्म साढे ८ लाख रुपैया मात्र रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आज पनि गणना जारी रहेको कारण यो रकममा केही वृद्धि हुने जनाए ।
ठूला नोटहरु गणना गरेर सकिएका छन् । बुधबार २० रुपैयाँ, १० रुपैयाँ, ५ रुपैयाँ र भारतीय १० रुपैयाँका नोटहरु गणना भई रहेको थियो । यसले कुल रकममा केही रकम वृद्धि गरे पनि पहिलेको तुलनामा एक चौथाई मात्र हुने छ । चैत्र १८ गते खोलिएको दान पेटिका त्यसको ३ महिना पछि मात्र असार १८ गते खोलिएको थियो । लुम्बिनी विकास कोषको विनियममा प्रत्येक १५÷१५ दिनमा दानपेटिका खोली जम्मा भएको रकम बैंक दाखिला गर्नु पर्ने प्रावधान रहेको छ ।
२२ असार २०७९, बुधबार
प्रतिक्रिया