भगवती न्यौपाने
कपिलवस्तु २२ असार ।वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुरामी चौधरी अबको बार्षिक बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, लयायत युवा रोजगारका क्षेत्रमा उल्लेख्निय रुपमा बजेट विनियोजन गरेको बताउनुभएको छ । बाणगंगा वडा नम्बर ३ को आयोजना र बुद्ध आवाज सामुदायिक टेलिभिनको व्यवस्थापनभएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाले सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिदै किसानलाई मलको अभाव भएको समस्यालाई मध्यनजर गर्दै यसका लागि सम्बन्धित निकायमा पहल भईरहेको बताउनुभयो ।उहाले सरकारले दिन नसकेपछि किसानलाई भारतवाट मल ल्याउन दिनु पर्ने वताउनु भएको छ ।
किसानलाई आत्मनिभर बनाउन सके नगर समृद्ध तर्फ जाने बताउदै यस पालि नगरले कृषिमा धेरै बजेट छुटाएको बताउनु भयो । उपमेयर थारुले गुणस्तरिय शिक्षा प्रदान गर्दै नगरलाई शैक्षिक सुधार कार्यक्रमलाई विशेष प्राथकितामा राखेको बताउनु भयो । साथै उहाँले योजनाका अनुगमन गरेर समयमै भुक्तानि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।
वडा नम्बर ३ का वडा अध्यक्ष टेकबहादुर झेडी मगरले नगरको कुल बजेट मध्ये १ करोड ३ लाख ३५ हजार वडा नम्बर ३ लाई परेको बताउनु भयो । जसमा अपाङग,दलित,महिला लक्षित कार्यक्रम,बालमैत्री योजना,स्वास्थ्य,युवा, खेलकुद, लगायत केहि अधुरा योजनाको मर्मत गर्ने बताउनु भयो । कुन क्षेत्रमा बढि प्राथमिक छ टोलविकास समिति संग सहकार्य गरेर काम गर्ने बतादै वडा नगरलाई समृद्ध बनाउने बताउनु भयो ।
वडा सचिव पन्चराम थारुले २०७८÷७९मा बालमैत्रि कार्यक्रम केके भए ? बजेट कुन ठाउँमा प्रयोग भयो ? लगाएतका बिषयमा जानकारी गराउदै यस वर्ष पनि १लाख २० हजार बालमैत्रि कार्यक्रमको लागी छुटाईएको र बालसञ्जाल सँग सहकार्य गर्दै काम गर्ने बताउनु भयो । पुर्व कार्यपालिका सदस्य योगनाथ सुनारले वडाले खेलकुद,सामाग्री,पोसाक लगायतको कुरामा जोड दिएको बताउनु भयो ।
यता सहभागिहरुले विकास निमार्णका कार्यक्रम कस्ता थिए, कृषिको क्षेत्रमा नगरमा कति किसान आत्मनिर्भर बने, नगर बालमैत्री भयो तर बालबालिकाका क्षेत्रमा कस्ता कस्ता कार्यक्रम आए, दैविक प्रकोप डुवानमा परेकालाई नगरले कसरी उद्धार गरेको छ ? किसानले धान सङकलन गरेपछि पनि राहत आएन त ? प्रदेशबाट आएका बजेट सहि समयमा प्रयोग गर्न,जुन ठाउँमा आएको बजेट हो उहि ठाउँमा प्रयोग हुनु पर्ने, शिक्षा, स्वास्थ्य, खेलकुद र युवाका विषयमा विशेष जोड दिनु पर्ने लगायतका सवाल उठाएका थिए । कार्यक्रममा ८ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, स्थानिय बासीन्दा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नागरिक र बर्हिगमन
प्रतिबेदन पनि प्रस्तुत गरिएको थियो ।
२२ असार २०७९, बुधबार
प्रतिक्रिया