खोज–अनुसन्धान

दुइपालिका जोड्न २ दशक : लुम्विनी प्रदेश सरकारको पहल




पाल्पा २४ असार । दुई पालिका जोड्ने पुल बनेपछि पाल्पाका बासिन्दाको दुई दशकदेखिको चाहना पूरा भएको छ । जिल्लाको पूर्वी भेगमा रहेको दुई पालिका निस्दी र पूर्वखोला जोड्ने रेचेघाटमा पुल बनेपछि स्थानीय बासिन्दाको दुई दशकदेखिको पुल बनाएर यात्रा गर्ने चाहना पूरा भएको हो । निस्दी गाउँपालिकाको अर्चले र पूर्वखोला गाउँपालिकाको रिङ्नेरह जोड्ने ‘रेचेघाट पुल’को निर्माण कार्य भएपछि यहाँका बासिन्दा हिउँद र वर्षाको समयमा निस्दी खोलाको जोखिम मोलेर यात्रा गर्न नपर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा ‘रेचेघाट’मा मोटरेबल पुल निर्माण भएपछि आफूहरू जुनसुकै एक स्थानबाट अर्को स्थानमा जान आउन सहज भएको स्थानीय बासिन्दाको भनाइ छ ।
पुल नभएका बेला वर्षको करिब तीन महिना यातायात सेवा नै अवरुद्ध हुने गरेको थियो । पुल बनेपछि निस्दीको अर्चले, झिरुबास, गल्धा र पूर्वखोलाका रिङ्नेरह, सिलुवाका बासिन्दालाई आवतजावत सहज भएको उहाँले बताउनुभयो । पुलले जिल्ला सदरमुकाम तानसेन, रामपुर, बुटवलसम्मको यात्रा सुरक्षित बनेको निस्दी–६, अर्चलेका वडा अध्यक्ष मेखबहादुर सुनारीले बताउनुभयो । डेढ वर्षभित्र पुल निर्माणको काम सक्ने सम्झौता भए पनि विभिन्न कारणले छ महिना ढिला गरी पुल निर्माणको काम सम्पन्न भएको सडक पूर्वाधार कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६