अर्थ-वाणिज्य

जनसंख्या व्यवस्थापनकालागि असल परिवार योजना: आचार्य ,दीगो विकास लक्ष्य पुरागर्न प्रतिवद्ध



पार्वती पाण्डे
कपिलवस्तु २७ असार। “सबैको छनौट र अधिकारको सुनिश्चितता सहित उज्जवल भविष्यका लागि अवसरको प्राप्ती भन्ने मुल नाराका साथ ३३ औं जनसंख्या दिवस कपिलवस्तुमा मनाईएको छ ” । दिगो विकासका लक्ष्य पुरा गर्न सबैले आआफ्नो जिम्मेवारी बोध गरि काम गर्नु पर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना , यूएनएफपिएको सहयोगमा विश्व जनसंख्या दिवसको अवसरमा संस्थाकै कार्यालय जितपुरमा राखिएको अन्तरसंवाद कार्यक्रममा प्रमुख आचार्यले यस्तो बताउनु भएकोहो ।

परिवार योजनालाई व्यवस्थित गर्दै दिगो विकास गर्नु पर्ने उहाँले जनाउनु भयो । मातृमृत्युदर , महिला माथिे हुने हिंसा लगायतका सवालहरु २०३० सम्म शुन्यमा झार्ने सरकारले अघि सारेको लक्ष्यलाई पुरा गर्नु पर्ने उहाँले जनाउनु भयो । कार्यक्रममा वाणगंगा नगरपालिकका उपमेयर रिता चौधरीले जनसंख्याको उचित व्यवस्थापनले दिगो विकासमा सहयोग पुर्याउने बताउनु भयो ।


वाणगंगा नगरपालिकाले दिगो विकास र सडकगुणस्तरका लागि ल्याब सञ्चालन गर्ने बताउनु भयो । २०३० सम्म १७ वटा दिगो विकासका लक्ष्यलाई पुरा गर्न नगरपालिका प्रतिवद्ध रहेको उहाँले जनाउनु भयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष पोमनारायण पौडेल , सचिव रोमाकान्त घिमिरेले जनसंख्याको विषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जनसंख्या र विकासका मुख्य राष्ट्रिय मुद्धाहरु , सरकारले अन्तरराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता लगायतका विषयवस्तुहरु कार्यपत्रमा प्रस्तुत गरिएका थिए । संस्थाका अध्यक्ष सुर्य कुमारी शाहिले संस्थाले दिगो विकासका लक्ष्यलाई पुरा गर्न लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउनु भयो । प्रदेशका सबै जिल्लामा बाल विवाह , महिलामाथि हुने हिंसा , किशोरी शिक्षा लगायतका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको अध्यक्ष शाहीले बताउनु भयो ।


संस्थाका सचिव हरिलाल शर्माको सञ्चालन , कोषाध्यक्ष शोभा आचार्यको स्वागतमा भएको कार्यक्रममा वडा नं १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेल , संस्थाका निर्वतमान अध्यक्ष तेजप्रसाद आचार्य , प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज पार्वती पाण्डेले जनसंख्या व्यवस्थापन र दिगो विकासका बारेमा बोल्नु भएको थियो । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले जनसंख्या दिवस मनाउने घोषणा गरेको हो । यो दिवस सन् १९८९ बाट हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन विश्वभरिका जनसंख्याका मुद्धाहरुलाई सामुहिक रुपबाट सम्बोधन गर्ने उद्देश्यले मनाउन थालिएको हो । हाल विश्वमा ८ अरब भन्दा धैरै जनसंख्या रहेको संयुक्त राष्ट्र संघको एक अध्ययनले देखाएको छ ।

प्रकाशित : २७ असार २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६