खोज–अनुसन्धान

४ दर्जन शिक्षक एकसाथ सम्मानित,समाज परिवर्तनका संवाहक शिक्षक : सांसद गोतामे



भगवती न्यौपाने
कपिलवस्तु २७ असार । समाज परिवर्तनमा शिक्षकको ठुलो हात रहने लुम्बिनी प्रदेशका प्रदेश सांसद माला गोतामेले बताउनु भएको छ । उत्कृष्ट शिक्षक तथा शैक्षिक संस्था पोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । देशको गहना शिक्षक भएको बताउदै सुशासन कायम गर्ने, घर ,समाज र देश नै सुध्राने शिक्षकलाई सरकारबाट भने जस्तो सम्मान हुन नसकेको उहाको भनाई रहेको छ ।प्रदेश सरकार लुम्बिनी प्रदेश अन्र्तरगतको सामाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुको आयोजानमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद पन्थले समृद्ध प्रदेश बनाउन शिक्षकको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । बालबालिका घरका सदस्यको भन्दा पनि शिक्षकको भर पर्ने हुदा शिक्षकले गुणस्तर शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
कविलवस्तु वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले शिक्षाको गुणस्तर सुधार्न र क्षमता विकास गर्न मन्त्रालयले शिक्षामा विशेष चासो दिनु पर्ने बताउनु भयो । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरे, शिक्षा विकास तथा समन्वय इकाइका कपिलवस्तु इकाई प्रमुख थानेश्वर घिमिरे , कपिलवस्तु नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपसचिव हरि प्रसाद ज्ञवाली, वाणगंगा नगरपालिका शिक्षा शाखा अधिकृत खिमवाहादुर जिसिले समाज देखि देशको हरेक क्षेत्र सफल बनाउन शिक्षकको भुमिका रहने बताउनु भयो । साथै यस्ता सम्मान कार्यक्रमले विद्यालय र शिक्षकलाई उत्प्रेणा थप्ने बताउदै अझै उर्जाशिल भएर लाग्न आग्रह गर्नु भयो । सामाजिक विकास डिभिजन कार्यलय कपिलवस्तुका प्रमुख सूर्य प्रसाद भुषालको अध्यक्षता कम्पुटर अप्टेटर सीता पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शाखा अधिकृत माधव बन्जाडेले गर्नु भएको थियो ।


कपिलवस्तु र अर्घाखाँची दुई जिल्ला गरी ४८ जना शिक्षक लाई सम्मान गरिएको थियो ।जसमा कपिलवस्तुका १० स्थानिय तह मध्ये प्रत्येक पालिकाका बाट ३ जाना गरि ३० जाना शिक्षक र अर्घाखाँचीका ६ स्थानिय तह मध्ये प्रत्येक बाट ३ जना गरि १८ जाना शिक्षकलाई सम्मान गरीएको थियो ।यस्तै २ जिल्लाका २ विद्यालयलाई पनि सम्माान गरीएको थियो । कनक मुनी मावि श्रीनगर जगदिश्पुर कपिलवस्तु र अर्घाखाँची सन्दीखर्क नगरपािलका वडा नम्बर १ को युवा वर्ष जनता रवि चित्र माविलाई २ लाख ५० हजार र प्रशंसा पत्र दोसलाले सम्मान गरिएको थियो भने ४८ जाना शिक्षकलाई १४ हजार प्रशंसा पत्र र दोसलाले ले सम्मान गरिएको थियो । शिक्षकहरुबाट सम्मान हुने श्याम बहादुर भुषाल र विद्यालयहरुबाट सम्मान हुने अफाक अहमद खाँ ले बोल्दै यस सम्मानले आगामी दिनका लागि अझै उर्जा थपेको बताउनु भयो । कार्यक्रम वाणगंगा नगरपालिका १ मायादेवि रिर्सोट भएको थियो ।

प्रकाशित : २८ असार २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६