खोज–अनुसन्धान

द्वन्दकालिन मुद्धा मानव अधिकारको कसीवाट टुंगाउनु पर्छ : प्रमुख आचार्य




कपिलवस्तु ३० असार ।द्वन्दकालिन मुद्धा मानव अधिकारको कसीवाट टुंगाउनुु पर्ने जिसस प्रमुख वावुराम आचार्यले वताउनु भएको छ । उहाले मानवअधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ । मानवअधिकारका विषयमा जिल्ला समन्वय समिति संवेदनसिल भएर काम गर्ने बताउनु भएको हो । मानव अधिकार एलायन्सको २३ औं स्थापना दिवस देशैभर एकै साथ मनाएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले जिल्लामा कुनै मानवअधिकार हनन्का घट्ना भएमा समितिलाई जानकारी दिन समेत प्रमुख आचार्यले आग्रह गर्नु भएको छ ।
उहाँले अगाडि भन्नु भयो , अधिकारका कुरा गर्दै गर्दा अरुको मानवअधिकारको हनन हुने कुरामा समेत हेक्का राख्नु पर्छ । कार्यक्रममा बोल्दै एलायन्सका संस्थापक संयोजक डम्मर शर्माले मानवअधिकार हनन् गर्न कसैले नहुने बताउनु भयो । मानव अधिकारका आधारभुत कुराहरुलाई ख्याल गर्दै शिक्षा , स्वास्थ्यमा पनि स्थानीय , प्रदेश , संघ तिनै तहका सरकारले विशेष ध्यान दिदै मानव अधिकारको सम्मान गर्नु पर्ने शर्माले धारणा राख्नु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर रिता चौधरीले मानवअधिकारका विषयमा नगरले विशेष चासो दिने बताउनु भयो । नागरिकका अधिकार हनन् भएका घट्नालाई पनि नगरले सम्बोधन गर्ने बताउनु भयो । कार्यक्रममा मानव अधिकार एलायन्सका लेखा समितीका संयोजक पोम नारायण पौडेलले युवाका अधिकार र राज्यको दायित्वको बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य रोमकान्त घिमिरेले मानव अधिकार एलायन्सको स्थापना , मानव अधिकार ,मौलिक हक संम्बन्धि ब्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहिले मानव अधिकारको अवस्था र जनताको अधिकारको प्रत्याभूतीको अवस्थाको बारेमा जानकारी राखी अधिकारको हननका मुद्धाहरुको सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउनु भयो । संस्थाका सचिव पार्वती आचार्यको सञ्चालनमा भएको कार्यक्रममा एलायन्सका जिल्ला इन्चार्ज चेतना अधिकारी ,पुर्व अध्यक्ष देवी वहादुर पोख्रेल , प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहईन्चार्ज पार्वती पाण्डे,इन्सेक मानवअधिकार समुहका अध्यक्ष इन्दीरा पन्त , राष्टिय स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेल,संस्थाका सहसचिव टुकलाल आचार्य लगायतले मानव अधिकारका विषयमा बोल्नु भएको थियो । सिद्धार्थ सामाजिक बिकास केन्द्र आइएमको आर्थिक सहयोगमा संस्थाकै भवनमा वुधवार कार्यक्रम आयोजना गरिएको हो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र १० डिसेम्वर १९४८ मा संयुक्त राष्ट्र संघको महासभाद्धारा पारित भएको थियो ।

प्रकाशित : ३० असार २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६