कपिलवस्तु ३० असार ।बाणगंगा नगरपालिका ११ दक्षिण चेतीया स्थित बिपन्न स्वर्गिय घोघी थारुको परिवारलाई इन्सेक मानव अधिकार समुह वाणगंगा कपिलवस्तु क्रिया खर्च स्वरुप खाद्यान्न सहयोग गरेको छ ।लामो समय देखि बिस्तरामा खाडा परेकी ६१ वर्षिय थारुको मृत्यु भएको ७ दिनका दिन मृतकका परिवारको घरमै पुगी २० किलो आलु , ५० किलो आटा , ७ लिटर खाने तेल मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।
वुद्धदर्पणका सम्पादक पार्वती पाण्डे ,इन्सेक प्रतिनिधि पार्वती आचार्य , समुहका अध्यक्ष इन्दीरा पन्त , दिना सुबेदी कमाल , रुपा राई , मधु पाण्डेको टोली घरमै पुगी सहयोग गरेको हो । बिपन्न थारु परिवारलाई यस अघि वाणगंगा नगरपालिकाका उपमेयर रिता चौधरीले घर बनाईदिने र छोराछोरीलाई शिक्षामा सहयोग पुर्याउने बताउनु भएको छ ।
प्रतिक्रिया