अन्तर्राष्ट्रिय

दोस्रो एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई १ सय रनले हरायो




असार ३१,
काठमाण्डौ – भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो ।
भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९÷२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए ।
उनको यो करियरकै उत्कृष्ट रेकर्ड हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले मोइन अलीको ४७ र डेविड विलीको ४१ रनको मद्दतमा २ सय ४६ रन बनायो । भारतका युजवेन्द्र चहालले ४ तथा जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले २÷२ विकेट लिए ।
जितसँगै ३ खेलको श्रृङ्खला १÷१ को बराबरीमा पुगेको छ । यसअघि भएको टी–२० श्रृङ्खला भारतले २÷१ ले जितेको थियो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६