अर्थ-वाणिज्य

विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत



काठमाण्डौ, ३१ असार । विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।

नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व बैंकले प्राथमिकताकासाथ सहायता र ऋण अनुदान रकम परिचालनलाई महत्त्व दिएको विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जार्भोसले बताउनुभएको छ ।

सहरी ग्रामीण पूर्वाधार, मानव पूँजी र वातावरणीय जोखिमलाई कम गर्दै जीविकोपार्जनका क्षेत्रमा ऋण लगानी हुनेछ ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६