प्रदेश

गृहमन्त्री खाँण भन्छन्, नेपाली बाहेक अरुले नागरिकता पाउने छैनन्



काठमाण्डौं, ३१ असार ।
गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा भएको प्रावधानहरुको आधारशिलामा उभिएर नै सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले संविधानको भावना अनुसार नै नागरिकता विधेयक ल्याइएको दावी गरे ।

उनले यसअघि २ वर्ष लगाएर राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पास गरेको विधेयकको जगमा अहिलेको विधेयक बनेको उल्लेख गरे । मन्त्री खाँणले केपी ओली सरकारले परिस्थिति बस अध्यादेश ल्याएको तर सर्वोच्च अदालतले सदनमा फर्काइदिएको स्मरण गराउँदै अदालतको फैसला र अघिल्लो विधेयकको आधारमा अहिलेको विधेयक ल्याइएको बताए । अघिल्लो विधेयकमा रहेका महत्वपूर्ण विषयवस्तु अहिलेको विधेयकमा समावेश गरिएको उनको भनाई छ ।
परिस्थितिका कारण सरकारले विधेयक अघि बढाएको र त्यसबारेमा सांसदहरुले समान धारणा राखेको उनले बताए । उनले भने –‘कुनै पनि गैर नेपालीले नागरिकता नपाओस्, नेपाली नागरिक नागरिकताबाट बञ्चित नहोस्, कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गरिनेछैन भन्ने संविधानको अवधारणा रहेको छ । त्यसै अवधारणामा उभिएर नै यो विधेयक बनाइएको छ ।’

उनले हिमाली भेगमा जनताले कठिन भूभागमा बसेर यो हिमाल हाम्रो हो, यो हिउँ हाम्रो हो भनेर उत्तरी क्षेत्रको सीमा रक्षा गरेको बताए । यस्तै महाकालीका किनारमा रहेका जनताले त्यहाँको बगर भूभागको रक्षा गरेको, मधेसका दाजुभाईको प्रयत्नले त्यहाँको भूगोलको रक्षा भएको बताए । उनीहरुकै कारण सदियौंदेखि उनीहरुले नेपालको स्वाधिनता जोगिएको बताए । नागरिकता तिनै नेपालीहरुले नै पाउने भएकोले विधेयक अघि बढाइएको उनको भनाई छ । मन्त्री खाँणले संविधानको भावनाअनुसार नै नागरिकता विधेयक ल्याइएको उल्लेख गर्दै संविधान धर्मग्रन्थअनुसार अपरिवर्तनीय नभएकोले आवश्यकताअनुसार परिवर्तन गर्दै जाने बताए ।

यसअघि प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिमा २२ महिनामा ३४ वटा बैठक बसेर नागरिकतासम्बन्धी विधेयक पास भएको थियो । सो विधेयकलाई लत्याउँदै सरकारले अर्को विधेयक संसदमा प्रस्तुत गरेको हो ।

प्रकाशित : ३१ असार २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६