प्रदेश

एस जयशंकर भन्छन्, नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ



काठमाण्डौ, ३२ असार । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेशमन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँ दिल्लीमा भएको भेटवार्तामा दुई देशको सम्बन्धका विविध विषयमा छलफल भएको छ । भेटवार्तापछि ट्वीट गर्दै विदेशमन्त्री जयशंकरले प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै छलफल फलदायी भएको बताउनुभएको छ । उहाँले आर्थिक सहकार्यमा केन्द्रित भएर छलफल भएको पनि जानकारी दिनुभएको छ ।

छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहने पनि भारतीय विदेशमन्त्री जयशंकरले उल्लेख गर्नुभएको छ । हिजो भारत जानुभएका प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ ।उहाँले झण्डै तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको दोहोर्‍याउनुभएको छ ।

प्रकाशित : ३२ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६