अर्थ-वाणिज्य

असारमा अन्धाधुन्ध खर्च गर्दापनि पूजिगत तर्फ ५५ प्रतिशत फ्रिज




भैरहवा १ साउन । विकासको दृष्टिले मुलुककै अग्रस्थानमा रहेको रुपन्देही जिल्लाको पूंजिगततर्फ आधा भन्दा बढी बजेट फ्रिज भएको छ । असार महिनाको अन्त्य सम्ममा पनि बिनियोजित रकम खर्च गर्न नसक्ने धेरै कार्यालयहरु रहेका छन् ।आर्थिक बर्ष २०७८÷०७९ मा रुपन्देहीमा रहेका संघिय कार्यालयहरुमा असार ३० गते सम्म कुल विनियोजित बजेटको ८६ दशमलव ५२ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा ४३ अर्ब ५५ करोड ३७ लाख बजेट बिनियोजन भएकोमा त्यस मध्ये ३७ अर्ब ६८ करोड ४० लाख २२ हजार मात्र खर्च भएको छ ।
कुल बजेट मध्ये चालु तर्फ ३४ अर्ब १२ करोड ५८ लाख ५५ हजार रुपैया बिनियोजन गरिएको थियो । जसको ९७ दशमलव ९४ प्रतिशत खर्च भएको छ । यसै गरि पूंजिगत तर्फ ४५ दशमलव १८ प्रतिशत मात्र खर्च भएको छ ।चालुको करिब एक चौथाई मात्र पूंजिगत बजेटमा छुट्टयाउनु र यसमा पनि आधा पनि खर्च गर्न नसक्दा जिल्लामा बिकास निर्माणका काम प्रभावित भएका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार अलि ठूलै कारोबार हुने संघिय कार्यालयहरुको पूंजिगत तर्फको खर्च सन्तोषजनक देखिन्न । पंूजिगत खर्च तर्फ नै अख्तियार दुरुपयोेगा अनुसन्धान आयोगको कार्यालय बुटवलले पनि बर्ष भरि खर्च गरेको रकमको आधा रकम असार महिनामै खर्च गरेको छ । रुपन्देही जिल्लामा १ सय ३४ कार्यालयहरुलाई कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले बजेट निकासा दिने गरेको छ भने स्थानिय तह समेत गरि ९९ वटा कार्यालयहरु मार्फत राजस्व असुली हुने गरेको छ ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६