प्रदेश

बाँके साक्षर जिल्ला घोषणा



१ साउन नेपालगन्ज ।
बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औं जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११औं नम्बरमा पर्दछ ।
साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताउनुभयो । बाँकेलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
बाँकेका ८ वटै पालिकालाई साक्षर घोषणा गरीएसँगै जिल्लालाई साक्षर घोषणा गरीएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो । २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैया प्राप्त गरेको थियो ।
यसैगरी खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए । बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरीएको थियो ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६