जीवनशैली

बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज, साउन १ ।
गत आर्थिक वर्ष २०७८–७९ मा बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका करिब तीनसय प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २८१ जनालाई गत आर्थिक वर्षमा पक्राउ गरेको हो ।
अदालतबाट दोषी करार भएर सजाय पाए पनि फरार रहेका प्रतिविादीलाई बाँके प्रहरीले योजना नै बनाएर पक्राउ गर्दैआएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । सो अभियान चालु आर्थिक वर्ष २०७९–८० मा पनि जारी रहने बाँके प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी प्रमुख अधिकारीले पक्राउ परेका फरार प्रतिवादीहरु ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जबर्जस्ती करणी, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकाहरु रहेको बताउनुभयो । उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेकोमा असुली शुरु गरिएको एसपी अधिकारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले फरार प्रतिवादीको संख्याया अझै बढ्न सक्ने बताउँदै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको जानकारी दिनुभयो ।
पक्राउ गरिएका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने कार्य भइरहेको जानकारी दिँदै सीमाक्षेत्र भएकाले अधिकांश फरार अभियुक्तहरु भारतमा गएर लुकेर बस्ने गरेकाले खोजीमा समस्या भएको उहाँले बताउनुभयो ।
अदालतबाट तारेखमा छुटेर फैसला भएका धेरै जना अझै फरार रहेका छन् । फरार प्रतिवादीहरुमध्ये अधिकांश सीमापारी छन् भने केही संख्यामा नेपालमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६