कपिलवस्तु, १ साउन ।
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ८ अमाहवामा करेन्ट लागेर एक जना बिद्यतुका कर्मचारीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ गोपालपुरका ३५ बर्षिय शैलेन्द्र कुमार पाण्डेयको करेन्ट लागेर मृत्यु भएको हो । मिटर रिडरकारुपमा ज्यालादरीरुपमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्र कार्यरत पाण्डेयको करेन्ट लागेर मृत्यु भएको तौलिहवा बितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए । मिटर रिडर पाण्डेयले मिटर ठाउसारी गर्न बिद्युतको पोलमा लाईन जोडनेक्रममा उनलाई करेन्ट लागे पछि सिढिबाट तल खसेका थिए । पाण्डेयलाई करेन्ट लागेर घाईते भएको दखे पछि उनीसंगै गएका अर्का मिटर रिडर बिष्णु रैदसा अचेत भएका थिए । घाईते पाण्डेयलाई उपचारकालागि कपिलवस्तु अस्पताल ल्यानेक्रममा बाटो मै मृत्यु भएको थियो । अस्पतालमा पुर्याइएका पाण्डेयलाई डाक्टरले मृत घोषित गरेका थिए । पाण्डेयको शव पोस्टमर्टमकालागि कपिलवस्तु अस्पताल राखिएको छ । घटनाको अनुसंधान भईरहको प्रहरी उपरिक्षक जेशी शाहले बताए ।
१ श्रावण २०७९, आइतबार








प्रतिक्रिया