प्रदेश

वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीलाई कारवाही गर्न एमालेको माग



बुटवल, ०२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई पौडी पोखरीमा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीलाई कारबाही गर्न एमालेले माग गरेको छ । आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए ।

त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा धकेलिदिएका थिए । केसीले कांग्रेस नेताको निर्देशनमा वडाध्यक्षसहितका जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै एमाले निकट विभिन्न संगठनहरूले विरोध गर्दै कारवाही गर्न माग गरेका छन् ।

यता तिलोत्तमा नगरपालिकाको आजको लागि बोलाइएको नगरसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।सचिव माधवप्रसाद पौडेलले बैठक सुरू हुनु केही समयअघि सूचना टाँसेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएका छन् । आइतबार विवादपछि स्थगित भएको नगरसभा सोमबार १२ बजेका लागि बोलाइएको थियो ।

बजेट पास गर्न केही दिनयता नियमित रूपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाण तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीको आ आफ्नै अडानले निष्कर्ष निस्किएको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा भएपछि मेयरले नगरसभा स्थगित गर्दै आएका छन् ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६