प्रदेश

गहिराइमै पुगेर सीसीटीभीको सत्यतथ्य छानबिन हुन्छः प्रदीप ज्ञवाली



काठमाण्डौ, ०२ साउन ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनु भएको छ । काठमाण्डौमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गर्नुभयो ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करको दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुने उहाँको भनाइ छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो । यस्तै, एमाले नेता ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाउनु भएको छ । उहाँले कालो धनलाई सेतो बनाउनकै लागि अहिले गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाउने काम भइरहेको दाबी गर्नुभएको हो ।

ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर देश गइरहेको पनि दाबी गर्नुभयो । उहाँले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम नागरिकको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको समेत आरोप लगाउनुभयो ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६