प्रदेश

विजयनगरमा ५ सय २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री




कपिलवस्तु, ०३ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा छात्रा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मंगलबार गाउँपालिकाकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झोला, कपी र विद्यलाय पोसाक वितरण गरिएको शिक्षा शाखाले बताएको छ ।

शिक्षा शाखाका प्रमुख हरिहर बेल्कासेले कक्षा ६ का ५ सय २० जान विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । ८ वटा आधारभूत विद्यालय र ६ वटा माध्यमिक विद्यनलय गरी १४ वटा विद्यलायका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको बताउनु भएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रम बोल्दै शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउनको लागि विगतका वर्षदेखि नै शैक्षिक सुधार कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले यस शैक्षिक सुधार कार्यक्रम लागू भएदेखि छात्राहरुले विद्यलाय छोडने क्रम घट्दै गएको दाबी गर्नुभयो । छोरीले आफनो खुट्टामा उभिनको लागि, आफनो हक, अधिकारका लागि शिक्षाबाट नै प्राप्त हुनेभएकाले सबै छोरीहरुलाई पढनको लागि अनुरोध गर्नुभयो । यस्तै गरी विजयनगर गाउँपालिकाले कक्षा ९र ११ मा अध्यनरत छात्राहरुलाई साइकल वितरण पनि गरेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउनको लागि पालिका प्रतिबद्ध रहेको भन्दै छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्म रक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको बताउनुभयो ।

छोरीहरुको लागि शैक्षिक सुधार कार्यक्रम, बेटी पढाउ, बेटी बचाऊ, साइकल वितरण अभियान कार्यक्रमले गर्दा विद्यालय छोडने प्रवृति काम भएको हुनाले गाउँपालिका सह्रानिय काम गरेकोमा अभिभवाक श्याम प्रकाश चौधरीले धन्यवाद समेत भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, विद्यार्थी, अभिभवाक, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन हरिहर बेल्बासेले गर्नु भएको थियो ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६