प्रदेश

रेसुङ्गा क्याम्पसको नयाँ संरचना निर्माण हुने



गुल्मी, साउन ३ ।
गुल्मी जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको छ । रेसुङ्गा नगरपालिका–२ र ७ को साखिनेडाँडामा रहेको कुल १८ रोपनी जग्गामा क्याम्पसको नयाँ भौतिक संरचना निर्माण गरिने भएको हो ।
०७२ मा गएको भूकम्प र त्यसपछि आएका पराकम्पले क्याम्पसको प्रशासनिक भवन र प्राध्यापक निवासको क्षति भएको विवरण क्याम्पसले तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत् राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पेश गरेको क्याम्पस प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यसैका आधारमा अहिले शिक्षा मन्त्रालयले भारतको एक्जिम बैंकसँग रकमको सम्झौता गरी विश्वविद्यालय र विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुको लागि भूकम्पपछिको पुनःनिर्माणको लागि रेसुंगा बहुमुखी क्याम्पसलाई बजेट प्राप्त भएको हो । सोही कार्यक्रम अन्तर्गत रेसुङ्गा बहुमुखी क्याम्पसमा पनि १५ करोड बराबरको भौतिक संरचना निर्माण गर्न लागिएको क्याम्पस प्रमुख खत्रीले बताउनुभयो ।
क्याम्पसका लागि आवश्यक रहेको छात्रावास (महिला तथा पुरुष), सभाहल (कभर्डहल), पार्क गार्डेन, ल्याण्डस्केप÷स्वीमिङ पुल, बाउण्डरीवाल, गेट र पालेघर, भिजिटिङ गेष्टलगायतका महत्वपूर्ण नयाँ भैतिक संरचना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रकाशित : ३ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६