जीवनशैली

लुम्बिनीमा गएरातिदेखि नै वर्षा



साउन ४,
काठमाण्डौ – देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ ।
आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै, राति पनि वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अर्थात नेपालतर्फ रहेको छ । यसले गर्दा मनसुनी प्रणाली सक्रिय भएको छ । मनसुन सक्रिय हुँदा ठूलो पानी पर्ने सम्भावना हुने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६