अर्थ-वाणिज्य

बजेट विवरण पेस गर्न पालिकाको आलटाल



साउन ४,
काठमाण्डौ – पालिकाले बजेट विवरण पेस गर्न आलटाल गरेका छन् । ७ सय ५३ पालिकामध्ये अझै २ सय २ वटा पालिकाले विवरण पेस नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा उल्लेख छ ।
साउन ४ गते बुधबार बिहानसम्म ५ सय ५१ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९र८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा केही पालिकाले अहिलेसम्म पनि विवरण नबुझाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।
बजेट पेस गर्न बाँकी रहेका धेरै पालिका मधेस प्रदेशका रहेका छन् । गण्डकीका धेरैजसो पालिकाले विवरण बुझाएका मन्त्रालयको पोर्टलमा उल्लेख छ । प्रदेशगत रुपमा प्रदेश एकका १ सय ३७ पालिकामध्ये ३० वटाले, मधेश प्रदेशका १ सय ३६ मध्ये ६४ वटाले, वाग्मतीका १ सय १९ मध्ये ३३ वटाले, गण्डकीका ८५ पालिकामध्ये ९ वटाले विवरण बुझाउन बाँकी छ । त्यस्तै लुम्बिनीका १ सय ९ मध्ये २३ वटा, कर्णालीका ७९ मध्ये १८ र सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये २५ वटा पालिकाले विवरण बुझाएका छैनन् ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६