प्रदेश

रुपन्देहीको लुम्बिनी साँस्कृतिकमा विवाद



४ श्रावण बुटवल ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद सिर्जना भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियम विपरित कर्मचारीलाई हटाउने र नयाँ भर्ना गरिएपछि विवाद उत्पन्न भएको हो ।
नगर कार्यपालिकामा कुनै पनि निर्णय नगराई कृते गरि गोप्य रुपमा आफ्ना व्यक्तिहरुलाई भर्ना गर्न नगर प्रमुख सजरुद्दिन मुसलमानले फर्जि निर्णय तयार पारेको भेटिएको हो । कार्यालयमा कार्यरत ९ जना करारका कर्मचारीलाई बिना कुनै कारण हटाएर ११ जना नयाँ कर्मचारी भर्ना गर्न लागेपछि उपप्रमुख कल्पना हरिजनले बिरोध जनाएकी छन् । गत असार ३० गतेको नगर सभामा यस बारे कुनै प्रस्ताब नलगेका प्रमुख मुसलमानले बैठकको निर्णय पुस्तिका आफैले लुकाएर फजुल निर्णयको प्रतिलिपी थमाउँदै निमिक्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्न लगाएपछि घटना बाहिर आएको हो ।
हाल निमिक्त प्रमुख प्रशासकीय अधिकृत रहेकी रचना गौतमलाई निर्णय कार्यान्वयन गराउन आदेश दिँदै नगर प्रमुख मुसलमान तथा विदामा रहेका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले ९ जना कर्माचारीलाई हटाएर नयाँ थप गरिएका ११ जनालाई यही साउन १ गतेदेखि हाजिरी गराउन भनेका थिए । उक्त निर्णय वैधानिक नदेखिएपछि कार्यन्वयनको विषयमा आफूसँग जिज्ञासा आउँदा बल्ल रहस्य थाहा पाएको उपप्रमुख हरिजनले बताइन ।
यसरी गलत ढँगबाट कर्मचारी भर्ना गर्न लागेको विषयमा जिज्ञासा राख्दै उपप्रमुख हरिजनले प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई बैठकको निर्णय पुस्तिका माग्दा नगर प्रमुखको अनुमति बिना हेर्न नमिल्ने जवाफ दिएको उनले बताइन । साउन २ गते नगरप्रमुखसँग बैठक पुस्तिका माग्दा सँगै बसेर हेर्ने जबाफ दिएका उनले ३ गते मात्रै कार्यालयमा उपस्थित भएर आफ्नै झोलाबाट निर्णय पुस्तिका निकालेको उपप्रमुख हरिजनले बताइन ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६