जीवनशैली

नागढुङ्गा–नौबिसे सडक खण्ड एकतर्फी सञ्चालन



काठमाण्डौ ५ साउन – काठमाण्डौसँगको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि आलोपालोमा गाडी चलिरहेका छन् । यो सडक खण्ड अन्तर्गत पात्लेवनमा ठूलो ढुङ्गा खसेकाले सडक एकतर्फी मात्रै खुलेको छ ।
एकतर्फी मात्रै सडक खुलेकाले आलोपालो गरेर गाडी पास गराइएको प्रहरीले जनाएको छ । यो सडक खण्ड भएर दैनिक हजारौँ गाडी चल्ने भएकाले सडकमा सामान्य असर पर्दा पनि लामो जाम हुने गरेको छ । अहिले पनि यो सडकमा गाडीको लामो लाइन लागेको छ ।
यसैबीच, सडकमाथिबाट खसेको ढुङ्गाका कारण काठमाण्डौ र नुवाकोट चल्ने गाडी पनि रोकिएका छन् । नुवाकोटको तीनपिप्ले –पाँचमाने सडक खण्डमा ढुङ्गा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६