अर्थ-वाणिज्य

लुम्विनी प्रदेशको बजेटमा काठमाडौ र सल्यानका योजना कसरी परे ?



बुटवल ६ साउन । लुम्बिनी प्रदेश सरकारले यस बर्षको बजेटबाट काठमाण्डौ कास्की र सल्यानका सडक निर्माण गर्ने गरि बजेट बिनियोजन गरेको पाईएको छ।लुम्विनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० का लागि बिनियोजन गरेको ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट बजेटमा लापर्वाही पूर्वक बाह्य प्रदेशका जिल्लाहरुमा सडक निर्माणका लागि बजेट बिनियोजन गरेपछि चौतर्पिm आलोचना भएको छ।
लुम्विनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खडकाले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको उक्त बजेटमा लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले छनोट गरेको योजनामा दुई वटा काठमाडौं, एउटा कास्की र एउटा सल्यानको योजना समावेश छ।बजेटमा बागमती प्रदेशमा रहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र स्वास्थ्य सेवा विभाग टेकु परिसरभित्रमा सडक सुधारका नाममा २१ लाख ५४ हजार बजेट विनियोजन भएको छ।


यसैगरी फुटुङ साङलेखोलादेखि पश्चिम साविकको कृषि सडक भई दक्षिणतर्फ तल्लो खहरेसम्मको मोटरबाटो स्तरोन्नती गर्न तारकेश्वर नगरपालिका– ७ काठमाडौंका लागि पनि २१ लख ५४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ।बजेटका यी दुवै बुँदामा कार्यालय रहेको जिल्लामा भने रुपन्देही उल्लेख छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जेको बजेट खर्च शीर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१३ हो।त्यस्तै तारकेश्वर– ७ को बजेट शीर्षक ३११५१ र क्रियाकलाप कोड ११.७.१.७१४ हो।यसरी लुमिवनी प्रदेश सरकारले वनाएको वजेटमा काठमार्डाका नाम आउनु भनेको बजेट निर्माणको क्षमता नभएका मन्त्री र कर्मचारीको लापरवाहीको उच्चतमरुप हो ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६