अर्थ-वाणिज्य

शेयर बजार २७ अङ्कले घट्यो



काठमाण्डौ ६ साउन – शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बिहीवार झन्डै ६ अङ्कले घटेको शेयर बजार आज शुक्रवार २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, विकास बैंक, होटल तथा पर्यटन र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय १२ वटा कम्पनीको ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६