जीवनशैली

तीन दिनसम्म १८ जिल्लाका नदी तथा खोलामा बाढीको खतरा



काठमाण्डौ ६ साउन
आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।
यस्तै, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने तीन दिनसम्म पानीको सतह सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६