कपिलवस्तु ८ साउन ।हालै लुम्विनी प्रदेश सरकारवाट ५० शैयाको अस्पत्ताल संचालनको अनुमति पाएको युनाईटेड नेशनल हस्पिटल प्रा.लि. कपिलवस्तु वाणगंगाले यहि शुक्रवार पहिलो पटक पाठेघरको सफल सल्यकृया सम्पन्न गरेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा पुर्ण घर्ती, एनेस्थेसिया अजय जयसवाल लगायतको आधा दर्जन वढीको चिकित्सकीय समूह सल्यकृयामा खटिएर सफलता पाएको हस्पीटलका प्रबन्ध निर्देशक सुन्दर आचार्यले बताउनु भएको छ । उहाले आफ्नै जिल्लाको अस्पताललाई बिश्वास गरेर सेवा लिने सेवाग्राही प्रति समेत धन्यवाद ब्यक्त गर्नु भएको छ ।
अस्पतालमा पाठेघरको अपरेशन पहिलो पटक भएपनि पित्तथैली फाल्ने , एपेन्डीसाइट्स निकाल्ने लगायतका अन्य साना तथा ठूला सल्यक्रिया हुदै आएको हस्पीटलले जनाएको छ । यता लुम्विनी प्रदेश सांसद विष्णु पन्थीले खुसीको कुरा युनाइटेड सहकारी अस्पताल बाणगंगा कपिलवस्तुमा नयाँ सिएम उपकरण आएसंगै सफल सल्यक्रिया भयो भन्दै सामाजिक सन्जालमा अपरेशन गर्दाका फोटोहरु राखेर पश्चिम् रुपन्देही , अर्घाखाँची र कपिलवस्तुबासीलाई बधाई दिनु भएको छ ।
युनाइटेड पछिल्लो चरणमा १०० सैयाको हस्पीटल चलाउने र सबै प्रकारका विशेषज्ञ सेवा दिनेगरि स्थापना भएकोछ । हाल ५० शैयाको अनुमति पाएको र छिटै थप अनुमति पाएसंगै शैया विस्तार गरि १०० पुराउने अस्पताल संचालक समितिका अध्यक्ष मुनाराम चालिसेको भनाइछ ।
प्रतिक्रिया