प्रदेश

एसईईको नतिजा सार्वजनिक, ९ हजार ६ सय जना विद्यार्थीले ल्याए ३ दशमलव ६ देखि ४ जीपीए



राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो ।

कोभिडका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा सञ्चालन भएको भए पनि यो वर्ष भने बोर्डले नै एसईई परीक्षा नै सञ्चालन गरेको थियो ।  यस वर्षको ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ जना रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ हजार ६ सय २७ जना रहेको परीक्षणा बोर्डले जनाएको छ ।

२.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ६९ हजार ९ सय जना रहेको छ । २.४ देखि २.८ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ७ सय ५८ जना रहेको छ भने २ देखि २.४ ल्याउनेको संख्या १ लाख १२ हजार ७ सय ३३ जना रहेका छन् । यस्तै १.२ देखि २ ल्याउनेको संख्या १ लाख ५ सय ९४ जना , १.२ देखि १.६ ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५ सय ८६ जना र जीपीए ०.८ देखि १.२ ल्याउनेको संख्या ३ हजार २ सय ८० जना रहेको बोर्डका सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।

गएको  वर्ष ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीले भाग लिएका थिए । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गएको  वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका दुई लाख ५७ हजार ९ सय २४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।

प्रकाशित : ११ श्रावण २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६