कपिलवस्तु १३ साउन। कपिलवस्तु जिल्ला अदालतको सम्वन्ध विच्छेदको मुद्धाको आधारमा हेर्दा प्रेम विवाहमा सम्वन्ध बिच्छेद सबै भनदा उच्च रहेको पाइएको छ । त्यसमा पनि १८देखि २८ बर्षको उमेरका जोडीको ३ देखि ५ बर्षमै सम्वन्ध विछोड हुने गरेको पुष्टि भएको छ । एकातिर यस्तो तथ्यांकले देखाएके छ भने अर्काेतिर कपिलवस्तुमा सबन्ध बिच्छेदका मुद्दा बढदै गएका छन । नया मुलु्की संहीता लागु भए यता सम्बन्ध बिच्छेदका घटनामा झर्नै बृद्धि भएको हो । नया संहीता अनुसार पुरुषले पनि संबन्ध बिच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढदै गएको हो ।अदालतको तथ्याङ्ग हेर्ने हो भने प्रत्येक वर्ष संबन्ध विच्छेद्का घटना बृद्धी हुदै गएका छन् ।
अदालत अनुसार गत आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध बिच्छेदका मुद्दाको लगत रहेको छ । त्यस मध्ये ३ सय ७८ फर्छौट भई १ सय ३४ अर्को बर्षका लागि जिम्मेवारी सरेको छ । २०७७/०७८ मा २ सय ६८ संबन्ध बिच्छेदका मुद्दा दर्ता भए । अघिल्लो आर्थिक बर्ष २०७६/०७७ मा १ सय ७१ संबन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । कोरोना कालमा समेत संबन्ध बिच्छेदका म्द्दामा भने कमी आएको छैन । अदालतमा दैनिक एक दुई जना संबन्ध बिच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन । अधिकांसको संबन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेकोछ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन् ।
अधिकांस प्रेम विवाह गरेकाहरु नै संबन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ । आधुनिक फेसन शैली र रहनसहनको विकृतिका कारण पनिे श्रीमान श्रीमतिको संबन्ध विग्रदा अदालत ढोका घच्घचाउने बढदो छन् । ।घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि संबन्ध विच्छेदका कारण बनेका छन् । अन्तरजातिय प्रेम विवाह पनि संबन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएकोछ ।
प्रतिक्रिया