बुटवल १३ साउन । श्रीमतीको हत्या आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं १ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षिय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ।घटना विवरण अनुसार सावित्रीको शव बुधवार विहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो। श्रीमान र छोरासँग बस्दै आएकी सावित्री मृत अवस्थामा फेला परेपछि ईलाका प्रहरी कार्यालय सालझण्डीले यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।मृतक सावित्रीको शरिरका विभिन्न भागमा निलडाम र टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा भेटिएको र कोठामा रगत बगेको भेटिएपछि उनको हत्या भएको ठहर गर्दै अनुसन्धान गर्दै जाँदा पैसा चोरी गरेको आरोपमा यमबहादुरले श्रीमतीको हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ।
हत्या हुनुभन्दा अघिल्लो दिन मंगलबार साँझ मादक पदार्थ सेवन गरी सुतेका यमबहादुरले रातको २ बजे दराजमा राखेको पैसा गन्दा एकहजार रुपैयाँ कम भेटिएपछि श्रीमतीलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीका अनुसार यमबहादुरले आफुसँग नसोधी पैसा निकालेको भन्दै कोठामा रहेको खाटको खुट्टा र भित्तामा टाउको ठोक्काईदिने र कुटपिट गरेपछि सावित्रीको मृत्यु भएको बताएका छन्। मरासिनीले क्षेत्रीमाथी ज्यान सम्बन्धि कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान गरिरहेको बताए।
१३ श्रावण २०७९, शुक्रबार








प्रतिक्रिया