प्रदेश

अन्तर्राष्ट्रिय उत्प्रेरणा प्रशिक्षक राजु घले जनता मा.वि.मा




कपिलवस्तु, १७ साउन ।
जनता माध्यमिक विद्यालय पिपरा कपिलवस्तुले सोमवार अन्र्तराष्ट्रिय उत्प्रेरणा प्रशिक्षक राजु घलेद्वारा आफ्ना विद्यार्थीहरुलाइ उत्प्रेरणा प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक अवार्ड हात पार्न सफल प्रशिक्षक घलेले विद्यार्थीहरुलाइ जीवन व्यवस्थापन, सिकाइ सिप तथा उत्प्रेरणा र ध्यानको प्रभाव लगायतका विषयमा प्रशिक्षित गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समाज रुपान्तरणका लागी सकारात्मक चिन्तन र अभ्यासको आवश्यकता हुने कुरामा जोड दिनु भयो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले विद्यार्थीहरुलाइ सस्कार सहितको शिक्षा प्रदान गर्ने विद्यालयको लक्ष्यमा कार्यक्रम कोशेढुङ्गा सावित भएको बताउनु भयो ।

ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय जितपुर शाखाको सहयोगमा सम्पन्न कार्यक्रममा ब्रम्हकुमारी कृष्णा, विद्यालयका शिक्षक श्यामलाल खनाल, मोहन अर्याल र उज्ज्वल अधिकारीले कार्यक्रमको प्रभावकारीता , औचित्य र सन्दर्भमा विषयमा आफना धारणा राख्नु भएको थियो ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६