काठमाडौ २८ साउन । राप्रपा महामन्त्री कुन्ति शाही र अभिनेतृ एवम केन्द्रिय सदस्य रेखा थापाले ओलीसंग डेढ घण्टा बालकोटमा वसेर केपि शर्मा ओलीको राजनैतिक मनोविज्ञान बुझेको २४ घण्टा नवित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। स्रोतका अनुसार शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेट्न लिङ्देन बालकोट पुगेका थिए। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।
पाँच दलीय सत्ता गठबन्धन एकातिर हुँदा एमाले र राप्रपाबीच सहकार्यको संभावनाको खोजी भएको स्रोतले दाबी गरेको छ। ‘दुवै पक्षबाट संभावनाको खोजी भएको छ,’ स्रोतले भन्यो, ‘चुनावी तालमेल हुनपनि सक्छ।’०७४ मा वाम गठबन्धनले लिङ्देनलाई समर्थन गरेको थियो। उनी झापा–३ बाट निर्वाचित भएका थिए। राप्रपा प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले भने चुनावी सरगर्मी बढेको बेलामा नेताहरुबीच भएको भेटघाट कुनै नौलो नभएको बताए। ‘चुनावी सरगर्मी बढेको छ, शीर्ष नेताहरुबीचको भेटघाट कुनै नौलो होइन्,’ श्रेष्ठले भने, ‘यो सकारात्मक कुरा हो ।
प्रतिक्रिया