प्रदेश

एमाले पार्टीका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङ कपिलवस्तु आउँदै



कपिलवस्तु, २८ साउन । नेकपा एमाले कपिलवस्तुले अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ । एमाले कपिलवस्तुका अनुसार समसमायिक राजनीति विषयवस्तु र आसन्न चुनाव मा केन्द्रीत रहेर जिल्लाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षक दिने भएको हो ।बाणगंगा ४ ठाकुरापुरस्थित पिस हिमालय रिसोर्टमा आइतबार राखिएको प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न पार्टीका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा आउने एमाले कपिलवस्तुले जानकारी दिएको छ ।प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका सदस्य, स्थानीय पालिकाका निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष, पार्टीका जिल्ला सल्लाहकार सदस्य, जिल्लास्तरीय विभागका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष रहने पार्टीका जिल्ला सचिव सिबी गहतराजले बताए ।

प्रकाशित : २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६