प्रदेश

निर्वाचन क्षेत्रमा नयाँ योजना ल्याउँछु : चौधरी



देउखुरी २९ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्र दाङ देउखुरीमा ठूला र महत्त्वाकाङ्क्षी योजना ल्याउने बताउनुभएको छ।
उहाँले पोडवे, कोरिडोर, केबलकार, सुरुङमार्ग र नयाँ विमानस्थल जस्ता योजना ल्याउने बताउनुभएको हो। दलित सचेतना अभियानको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालमै पहिलो पटक अभ्यास गर्ने गरी पोडवेको परिकल्पना गरिएको बताउनुभयो।
तुलसीपुर, घोराही, लमही, भालुवाङ क्षेत्रमा पोडवे सञ्चालनका लागि विस्तृत योजना बनाउन पहल भइरहेको उहाँको भनाइ छ। यस्तै मन्त्री चौधरीले लमही–घोराही सडकमा सुरुङमार्ग, देउखुरी स्वर्गद्वारीका लागि केबलकार र देउखुरी क्षेत्रका राप्ती गाउँपालिका क्षेत्रमा नयाँ विमानस्थलको दीर्घकालीन योजना बनाएर काम गर्ने बताउनभुयो।
उहाँले संवैधानिक सर्वोच्चताका लागि गठबन्धन कायम राखिने बताउनुभयो।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६