जीवनशैली

पौडी खेल्ने क्रममा दाङमा डुबेर एक जनाको ज्यान गयो



दाङ २९ साउन – दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।
शनिवार साथीहरुसँग नुहाउन दोभानमा पुगेका घोराही उपमहानगरपालिका – २ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेलको पानीमा डुबेर ज्यान गएको अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकीले जानकारी दिनुभयो ।
दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै डीएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको थियो । निराजन आफ्ना अन्य २ जना साथीसहित पौडी खेल्न पुगेका बताइएको छ ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६