अन्तर्राष्ट्रिय

अफगानिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डलाई



भदौ २, काठमाण्डौ –
अफगानिस्तानसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्डले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा अफगानिस्तान ७ विकेटले पराजित भयो । बेलफास्टमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले १५ ओभरमा ५ विकेट गुमाएर ९५ रन बनाएको थियो ।
वर्षाले प्रभावित भएको खेलमा डिएल पद्धतिका आधारमा आयरल्यान्डले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो । उसले ६ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । जितसँगै ५ खेलको शृङ्खलामा आयरल्यान्ड ३–२ ले विजयी भएको छ । आयरल्यान्ड पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा २२ रन र चौथो खेलमा २७ रनले पराजित भएको थियो ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६