प्रदेश

अर्घाखाँचीमा रोपाइँ जात्रा मनाइयो



सन्धिखर्क,३ भदौ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ६ ठूलापोखरामा रोपाइँ पर्व मनाइएको छ। श्रीकृष्ण जन्माष्टिमा मनाइने रोपाइँ जात्रामा ‘रोपाइँमा धान रोपे झैं’ गरी नाच्ने गाउने गरिन्छ।खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्ने गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा यो पर्व मनाउन थालिएको स्थानीय बृद्ध तुल्सीराम पौडेलले बताए।

अघिअघि भगवान श्रीकृष्णको रथ, त्यसपछि सजावट गरेर सिंगारिएका राधाकृष्ण, शिव भगवान। गणेश, हनुमान बनाएर भजन कृतन गर्दै हिँड्ने चलन छ। जस्को पछिपछि पञ्चेबाजाको तालमा असारे वाली गीत गाउँदै रोपाइँ गरेको अभिनय गर्दै छमछमी नाच्ने गरिन्छ।चौवास्थित राधाकृष्ण मन्दिरबाट जात्रा निकालिएको हो। देशका अन्य जिल्लाहरूमा गाईजात्रा पर्वको भोलिपल्ट रोपाइँ जात्रा गरिए पनि अर्घाखाँचीमा कृष्ण जन्माष्टमीमा हुने गरेको पण्डित नविन पौडेलले बताए।रोपाइँ जात्रा असारमा धानको रोपाइँ गरी सकेपछि मनाइन्छ। यो नेवार संस्कृतिबाट सुरू भएको हो। धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाइँ जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो।
उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष प्राथमिकता दिँदै राजा प्रताप मल्लले रोपाइँ जात्राको सुरुवात गरेको मानिन्छ।

प्रकाशित : ३ भाद्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६