बिजनेस

तीजलाई बिकास र समृद्धीको चर्चित चाडका रुपमा विकास गरौं :मेयर श्रेष्ठ



शोभाखर पन्थी

अर्घाखाँची ४ भदौ ।सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले हाम्रा चाडपर्व नेपाली संस्कृतिका धरोहर भएको बताउनुभएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड सनपा ७ खाँचीकोट द्वारा सन्धिखर्कमा आयोजित अन्तर समुह तीज गीत प्रतियोगिताको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले नेपाली कला , संस्कृति संसारमै उत्कृष्ट भएको भन्दै यसको संरक्षण र सम्बर्द्धनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।तडक भडक र अनावश्यक खर्च कटौतीगरी सामाजिक र पारिवारिक वातावरणमा हर्षोल्लासमय रुपमा चाडपर्व मनाउनु पर्नेमा उहाँको जोड थियो । नगरप्रमुख श्रेष्ठले अब तीजमा महिला अधिकार ,महिला सशक्तीकरण ,समाजिक न्याय,अग्रगमनका अतिरिक्त बिकास र समृद्धिका गित गाउनु पर्ने बताउनुभयो । उहाँले सन्धिखर्कलाई नमुना नगर वनाउने गरी योजना बनाएको भन्दै आ(आफ्नो ठाउँबाट सहयोग पुर्याउन नगरवासीलाई आग्रह समेत गर्नुभयो ।कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले तीज महिला सशक्तीकरणको बलियो आधार भएको बताउनुभयो ।

मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको उहाँको भनाइ थियो ।साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण कँडेलको अध्यक्षता र बरिष्ठ पत्रकार सहयोगी बि।सी। को संचालनमा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष पद्मलोचन आचार्य ,सहकारीका प्रबन्धक विष्णुप्रसाद मरासिनी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा अन्तर समुह नं७ डिही प्रथम ,अन्तर समुह नं ५ डिहीडांडा द्धितीय,अन्तर समुह नं १० छापडांडा तृतीय र अन्तर समुह नं ४ सानागाउँ सान्त्वना भएका छन् ।
विजयी समुहलाई नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रकाशित : ४ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६