अर्थ-वाणिज्य

वाणिज्य बैंकहरूको ‘डिपोजिट एक महिनामै ४५ अर्ब घट्यो



काठमाडौं ५ भदौ । नयाँ आवको पहिलो महिना साउनामा वाणिज्य बैंकको डिपोजिट ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको हो ।यस्तै साउन महिनामा बैंकहरूको लगानी भने बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूमा ४४ अर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो । जुन लगातार घटेर साउनको अन्तिम दिन अर्थात ३१ गतेसम्म आइपुग्दा ४५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा आइपुगेको हो । साउनको पहिलो साता ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको डिपोजिट दोस्रो साता ४४ खर्ब ५० अर्ब रुपैयाँमा आइपुगेको थियो । यस्तै, तेस्रो साता पनि लगातार घटेर ४४ खर्ब ४६ अर्बमा आइपुगेको थियो भने चौथो साता डिपोजिट झनै घटेर ४४ खर्ब २१ अर्बमा आइपुगेको थियो ।

तर, साउनको २७ गतेको तुलनामा भने ३१ गतेसम्मको ४ दिनमा डिपोजिट बढेको देखिन्छ । २७ गते ४४ खर्ब २१ अर्ब रुपैयाँमा रहेको डिपोजिट ३१ गतेसम्ममा १२ अर्बले बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको बैंकर्स एशोसिएसनले जनाएको छ ।

यसै गरी, साउन महिनामा बैंकहरूको लगानी १२ अर्ब बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूको लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो । जुन, ३१ गतेसम्म आइपुग्दा १२ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको एशोसिएसनले जनाएको छ ।

प्रकाशित : ५ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६