प्रदेश

म राष्ट्रपतिको दौडमा छैन तर आवश्यकता परे पछि हट्दिन : खनाल



गुल्मी ६ भदौ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताउनुभएको छ ।
समाजवादी प्रेस सङ्गठनले सोमवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा गुल्मी आइपुग्नुभएका नेता खनालले अहिलेको आफ्नो दौड भनेको सिङ्गो पार्टी सङ्गठन निर्माणमा रहेको भन्दै आफ्नो सिङ्गो जिन्दगी कुनै पदका निमित्त नभएको दाबीसमेत गर्नुभयो । पार्टी सचिव रामकुमारी झाँक्रीसँगै गुल्मी आउनुभएका खनालले आफूले पदका लागि भनेर मरिहत्ते नगरेको भन्दै देशले आवश्यकता बोध गरेमा र पार्टीले दायित्व दिएमा आफू त्यसबाट पछि नहट्ने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले केपी ओलीका कारण देश अस्थिरतातर्फ जान थालेपछि संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको जिकिर गर्नुभयो ।
बाहिर वाम गठबन्धनका हल्ला चले पनि तत्कालका लागि त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । देशका प्रमुख र सबैभन्दा ठूला भनिने वामपन्थी दलका नेताहरू नै तयर नभएका कारण अहिले एकता सम्भव नभएको उहाँको भनाइ थियो ।
नेता खनालले नागरिकता विधेयक देशको राष्ट्रियतासँग जोडिएको विषय भएको बताउनुभयो । राष्ट्रियताको विषय जहिले पनि सहमतिको विषय बन्नुपर्ने भन्दै यस्ता विषयलाई राष्ट्रिय सहमतिमा पुराउन सकेमा दुरदर्शिता हुने उहाँको टिप्पणी छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६